Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मिलेमतोमै जग्गा हडप्ने दाउ

हाम्रो कोशी आवाज
फाल्गुन २८ २०७८, शनिबार
मिलेमतोमै जग्गा हडप्ने दाउ

संखुवासभाः संखुवासभा जग्गा कीर्ते गरेको आरोपमा पक्राउ परेका एमालेका वडाध्यक्ष, मालपोतका सुब्बासहित अन्य पक्राउपछि सार्वजनिक गरिएको छ ।
उनीहरुसहित पक्राउ पर्नेमा ५ जना पनि छन् । उनीहरु सात जनालाई जिल्ला प्रहरी कार्यालय खाँदबारी संखुवासभाले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा वर्ष ३५ को वडाध्यक्ष किङसाङ भोटे, खाँदबारी–१ घर भई मालपोत कार्यालय खाँदबारीमा कार्यरत् नायब सुब्बा वर्ष ५१ का महेन्द्रकुमार पराजुली, मकालु गाउँपालिका ४ घर भई लेखापडी व्यवसाय गर्दै आएका वर्ष ३५ को अनिष गुरुङ, वर्ष ३० का सुरेन्द्र तामाङ, वर्ष २१ की कल्पना भोटे, वर्ष २० की ङिमा लाजुङ भोटे रहेका छन् ।
जिल्लाको भोटखोला गाउँपालिकाका वडा नम्बर ४ सिप्रुङका एक वृद्धालाई वृद्धभत्ता दिलाइदिन्छु भन्दै २७ रोपनी जग्गा कीर्ते गरेको खुल्न आएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । पक्राउ परेका भोटे एमालेबाट निर्वाचित वडाध्यक्ष थिए ।
७० वर्षीया वृद्धा विममाया तामाङको जग्गा जालसाजी गरेर अर्कैको नाममा पास गरेको भनेर उजुरी परेको थियो । डिएसपी लालध्वजका अनुसार वृद्धा विममायालाई वृद्धभत्ताको कार्ड बनाइदिन्छु भनेर ललाइफकाइ मालपोत कार्यालय खाँदबारीमा जग्गा पास गराइदिएको पाइएको छ । जग्गा अन्य व्यक्तिको नाममा नामसारी गरेको पाइएको उनले जानकारी दिए । एक लाख रुपैयाँ दिएर पास गरेको अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।
गत फागुन २ गते अध्यक्ष भोटेले विममायालाई वृद्धभत्ता कार्ड बनाइदिने भन्दै सदरमुकाम खाँदबारी ल्याएका थिए । जिल्ला प्रशासन कार्यालय खाँदबारीबाट नागरिकताको प्रतिलिपी बनाएर विममायाका श्रीमान स्व. दलबहादुर तामाङका नाममा रहेको सम्पूर्ण जग्गाहरु विममायाको नाममा नामसारी गरिएका थिए ।
सोहीदिन नामसारी गरिएका जग्गाहरुमध्ये २७५ र २८० कित्ता नम्बरको जग्गा आफन्तका नाममा नामसारी गरिएको थियो । जसमध्ये कित्ता नं. २७५ को जग्गा मालपोत कार्यालयका नायब सुब्बा महेन्द्र पराजुलीले आफ्नो घरमा कोठाभाडामा बस्दै आएका पासाङ शेर्पाको नाममा रजिष्टेसन पास गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
त्यस्तै, कित्ता नं. २८० को जग्गा वडाध्यक्ष भोटेको तर्फबाट कल्पना भोटे र सुरेन्द्र तामाङको तर्फबाट आफ्नै श्रीमती ङिमालाजुङ भोटेको नाममा संयुक्तरुपमा पास गरेका थिए । कल्पना भोटेको हकमा लेखापढी व्यवसायी अनिष गुरुङको नाममा वारेस भएको पाइएको प्रहरीले जनाएको छ ।
लेखापढी गरेवापत गुरुङ गुरुङले अध्यक्ष भोटेमार्फत् ९ रुपैयाँ पारिश्रमिक भनेर लिएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पासाङ शेर्पाको नाममा भएको कित्ता नम्बर २७५ को जग्गा नायब सुब्बा पराजुलीले आफ्नै श्रीमती कविताको नाममा नामसारी गरेको खुल्न आएको छ । उनले गत फागुन १६ गते मात्रै सो जग्गा श्रीमतीको नाममा पास गराएको खुलेको प्रहरीले जनाएको छ । उनीहरुले अपर अरुण जलविद्युत परियोजनाको मुआब्जाबाट ठूलो रकम हात पर्ने लोभमा ठगेको पाइएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार सो जग्गा परियोजनामा परे अर्बौ रकम आउँछ ।
‘सो जग्गा बुबाको नाममा थियो, दिदीको नाममा ल्याउन खोज्दा जग्गा त अर्कैको नाममा छ भन्ने थाहा पाएपछि हामीले उजुरी गरेका हौं’, विममायाका भाइ सुरेन्द्र तामाङले भने, ‘अहिले पक्राउ परेर अनुसन्धान हुन थालेकोले न्याय पाउने आशामा खुशी छौं ।’

प्रकाशित मिति: फाल्गुन २८ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend