बिर्तामोडः झापाको बुद्धशान्ति गाउँपालिकाबाट ठूलो परिमाणमा औषधिसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलाम सूर्योदय–३ का ३० वर्षीय सइन्द्र राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए ।
उनका अनुसार इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति–४ मा इलामबाट झापातर्फ आउँदै गरेको मे१च ६८३३ नम्बरको पिकअप गाडीमा माथिबाट छुर्पी र घिउको बोराले छोपेर अवैध औषधि ल्याउँदै गर्दा राई पक्राउ परेका हुन् । उनका साथबाट रु ६९ लाख बराबरको ११ प्रकारका औषधि बरामद गरिएको छ ।
ट्रमाडोल हाइड्रोक्लोरिड क्याप्सुल ४८ हजार ७ सय ९० पत्ता, जीगोल्ड वेमन सफ्ट जीलेटिन १५० पत्ता, जी गोल्ड सफ्ट जीलेटिन स्ट्रोङ १५० पत्ता, जीनकोकसेट २०० पत्ता,लगायत अवैध औषधी बरामद गरिएको प्रहरीले जनाएको छ ।
सो परिमाणको अवैध औषधी अन्दाजी ६९ लाख भन्दा बढी मूल्य रहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।
बरामद औषधि र पिकअप गाडीको मूल्य रु आठ लाख मूल्याङ्कन गरी थप अनुसन्धानका लागि औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगर पठाइने मोरङ पठाउने तयारी भइरहेको उनले बताए ।