Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन २९ २०७८, आइतबार
मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मृत्यु

विराटनगरः मोरङको रंगेली नगरपालिका २ मंगलबारेस्थित विराटनगर आमबारी सडक खण्डमा मोटरसाइकल दुर्घटनाबाट एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल पछाडि सवार विराटनगर महानगरपालिका ५ का ४१ वर्षीय बलराम बर्तोला रहेका छन् भने चालक विराटनगरकै १६ वर्षीय कमल भन्ने कुनाल बर्तौला घाइते भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश न.०१–०४–००१ प ७१६४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनावाट घाइते भएका बलरामको उपचारको लागि कोशी अस्पताल पुरयाउन साथ मृत्यु भएको थियो भने घाइते कुनालको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन २९ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend