Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ब्राउन सुगरसहित दुईजना समातिए

हाम्रो कोशी आवाज
फाल्गुन २९ २०७८, आइतबार
ब्राउन सुगरसहित दुईजना समातिए

बिर्तामोडः झापाको दुई स्थानबाट लागुऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका १२ का ४५ वर्षीय कुमार राजवंशी र झापा अर्जुनधारा नगरपालिका ४ भाङबारीका ३६ बर्षीय रेसबहादुर सार्की रहेका छन् । इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले मेची पुल छेउबाट कुमारलाई ४ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
अस्थायी प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले रेसबहादुरलाई घरमै ब्राउन सुगर २ ग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन २९ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend