धरानः खैरो हिरोइनसहित युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरी कोशी गाउँपालिका ८ का वर्ष २२ को मिथुनकुमार यादव र पछाडि सवार रहेका सोही वडाको भण्टाबारी बस्ने वर्ष १९ को प्रमोदकुमार सरदार रहेका छन् । चेकजाँच गर्दा प्रमोदकुमारबाट तौल गर्दा–९६ ग्राम खैरोहिरोइन जस्तो देखिने वस्तु बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयकुमार थापाले जानकारी दिए ।
काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिका–८ स्थितमा डेरा कोठाबाट लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित पक्राउ परेकी कविता गुरुङले सो बरामद लागूऔषध खरिद बिक्री कारोबारमा उनीहरुको पनि संलग्नता छ भनेर पोल खोलेपछि उनीहरुमाथि प्रहरीले निगरानी बढाएको थियो ।
उनीहरुलाई इनरुवा नगरपालिका–४ बसपार्कस्थितमा भारतीय नम्बरको बिआर ३८ एस ०६२३ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकलमा सवार रहेका बेला प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरुमाथि लागूऔषध नियन्त्रण ऐन–२०३३ बमोजिमको आवश्यक कानुनी प्रक्रिया शुरु भएको प्रहरीले जनाएको छ ।