Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गाँजा खाएर नाबालिकामाथि बलात्कारपछि हत्या

हाम्रो कोशी आवाज
फाल्गुन २९ २०७८, आइतबार
गाँजा खाएर नाबालिकामाथि बलात्कारपछि हत्या

विराटनगरः मोरङको सुन्दरहरैंचा नगरपालिका-७ गणेशपुरकी १८ महिने नाबालिकाको बलात्कारपछि हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
घटनामा संलग्न रहेको आरोपमा स्थानीय २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउपछि सार्वजनिक गरिएको हो ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले डेढ वर्षीया नाबालिकालाई जबर्जस्ती करणी गरी हत्या गरेको आरोपमा स्थानीय २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी रहेको जानकारी दिए ।
गत फागुन २७ गते बेलुका साढे ५ बजेतिर घरबाट नै हराएकी नाबालिका साढे ६ बजे घरनजिकै झाडीमा अचेत अवस्थामा फेला परेकी थिइन् । घरबाट हराएकी नाबालिकालाई खोजी गर्ने क्रममा झाडीमा फेला पर्दा अवस्था नाजुक थियो ।
उनको शरीरको विभिन्न भागमा चोटपटक तथा योनीबाट रगत बगेको थियो । अस्पताल स्रोतले समेत जनाएअनुसार नाबालिकाको यौनाङ्गमा गम्भीर चोट थियो । नाबालिकालाई तत्काल उद्धार गरी उपचारको लागि नोबेल अस्पताल लगिएकोमा उपचारको क्रममा सोही दिन राति साढे १२ बजे मृत्यु भएको थियो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गर्ने क्रममा नाबालिकालाई चौधरीद्वयले घरमा कोही नभएको मौका छोपी घरैबाट बोकेर झाडीमा लगेर जबरजस्ती करणी गरी अर्धचेत अवस्थामा सोही स्थानमा छाडेर फरार भएको खुलेको प्रहरीले जनाएको छ । बालिकाको आमा घरमा काममा व्यस्त रहेको र अजयले गएर बालिकालाई १० रुपैयाँ र चोकोपन दिएर झाडीमा पुरयाएको प्रहरीले जनाएको छ ।
हत्या आरोपी दुवै लागूऔषध प्रयोगकर्ता रहेको पाइएको प्रहरीले जनाएको छ । उनीहरूले गाँजा सेवन गरेर ती नाबालिकामाथि बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ । बलात्कारपछि उनीहरूले सिसाको बोत्तल र ढुङ्गा प्रहार गरी नाबालिकाको हत्याको प्रयास गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अजय दुई वर्षअघि बालिका अपहरण गरेको घटनामा संलग्न थिए । उनी गत मंसिरमा कैद भुक्तान गरी जेलबाट छुटेका थिए ।
उनीहरूविरुद्ध प्रहरीले अदालतबाट समय लिएर अनुसन्धान अघि बढाएको छ । शवको पोष्टमार्टम धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको थियो ।

प्रकाशित मिति: फाल्गुन २९ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend