उदयपुरः कोशी नदीमा बगिरहेको अवस्थामा प्रहरीले गाँजा फेला पारेको छ ।
सशस्त्र प्रहरी बल सुरक्षा वेस क्याम्प रामपुरबाट खटिएको टोलीले कोशीमा बग्दै गरेको अवस्थामा ४ सय केजी गाँजा फेला पारेको सशस्त्रका प्रहरी उपरीक्षक कृष्णराज अधिकारीले जानकारी दिए ।
गाँजा भेटिएपनि गाँजा कसले ल्याएको हो भन्नेबारेमा अहिलेसम्म केही पत्ता लाग्न नसकेको उनले जानकारी दिए । आइतबार राति करिब २ बजेतिर सो गाँजा फेला पारेको प्रहरीले जनाएको छ । गाँजा कारोबारमा संलग्नहरुको खोजी कार्य भने भइरहेको प्रहरीले जनाएको छ ।