Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लागूऔषधसहित तीनजना समातिए

हाम्रो कोशी आवाज
फाल्गुन ३० २०७८, सोमबार
लागूऔषधसहित तीनजना समातिए

विराटनगरः मोरङको विराटनगर महानगरपालिका-१५ स्थितबाट लागूऔषध ब्राउन सुगरसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका-९ सिन्धुपाल्चोकका ३८ वर्षीय सन्दीप खड्का, स्वयम्भु नगरपालिका-१५ काठमाण्डौका २३ वर्षीय हिमाल नेपाल र देउराली गाउँपालिका-५ रामेछापका ३४ वर्षीय कृष्णबहादुर मगर रहेका छन् ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको मोवायल गस्ती टोलीले सशका लागि चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट ब्राउन सुगर १.६ ग्राम, नगद रुपैयाँ १ लाख ५ हजार बरामद गरेको हो । पक्राउ परेका तीनैजनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: फाल्गुन ३० २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend