Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तमोर नदीमा महिला मृत भेटिइन्

हाम्रो कोशी आवाज
चैत्र १ २०७८, मंगलबार
तमोर नदीमा महिला मृत भेटिइन्

धनकुटाः धनकुटाको धनकुटा नगरपालिका–९ मूलघाटस्थित तमोर नदीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
मृत फेला परेकी महिला धनकुटा नगरपालिका–९ स्थित विश्रान्ति वृद्धा आश्रममा बस्दै आएकी ५६ वर्षीया देवी लामिछाने रहेकी छिन् । लामिछाने फागुन २९ गते दिउँसो बृद्धआश्रमदेखि हराई बेपत्ता भएकी थिइन् ।
प्रहरी चौकी मूलघाटबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मङ्गलबार बिहान सवा ९ बजे नदी किनारमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाइएको र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट अन्य थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: चैत्र १ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend