बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाख्रिवास नगरपालिका–३ धनकुटाका ३३ वर्षीया विनोद घिमिरे रहेका छन् । मङ्गलबार दिउँसो इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको संयुक्त टोलीले मेचीपुल छेउमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका घिमिरेलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट २३ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।
प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका घिमिरेको इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।