बराहक्षेत्रः सुनसरीको नगरपालिका–५ सिमरवनस्थित जनजागृति सामुदायिक वनबाट ३ नाल भरुवा बन्दुकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बराहक्षेत्र–५ का ३६ बर्षीय पवनलाल माझी र बराहक्षेत्र–३ देवीथानका २७ वर्षीय मोहन श्रेष्ठ रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी भरौलबाट खटिएको प्रहरी टोलीले सामुदायिक वनमा शिकार खेल्न बसिरहेका माझी र श्रेष्ठलाई लोड भएको तीन नाल भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको हो । भरुवा बन्दुकसहित पक्राउ परेका दुवैजनाको इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रमुख पाण्डव राजवंशीले बताए ।