Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मोटरसाइकलको ठक्करले पैदलयात्री मृत्यु

हाम्रो कोशी आवाज
चैत्र २ २०७८, बुधबार
मोटरसाइकलको ठक्करले पैदलयात्री मृत्यु

उदयपुरः उदयपुरको बेलका नगरपालिका ६ स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ ।
बुधबार बिहान पौने ११ बजे स७प ८६९२ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएकी पैदलयात्री बेलका नगरपालिका– ३ कि ७६ वर्षीय राममाया आलेको उपचारको क्रममा बेलका नगर अस्पतालमा मृत्यु भएको उदयपुरका प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।
मोटरसाइकल र चालक त्रियुगा नगरपालिका–७ का २० वर्षीय विष्णु भट्टराईलाई इलाका प्रहरी कार्यालय रामपुर उदयपुरले नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: चैत्र २ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend