Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चक्काजामको भिडिओ खिचेको भन्दै पक्राउ

हाम्रो कोशी आवाज
चैत्र २ २०७८, बुधबार
चक्काजामको भिडिओ खिचेको भन्दै पक्राउ

धरानः डेढ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या प्रकरणले आक्रोशित सर्वसाधारणले प्रदर्शन गरिरहेका बेला भिडिओ खिचेको भन्दै ११ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले दुईजना युटुबरसहित ११ जनालाई भीड उत्तेजित बनाएको आरोपमा पक्राउ गरेर हिरासतमा लिएको हो ।
मोरङको सुन्दरहरैंचा नगरपालिका–७ की डेढ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या भएको विरोधमा स्थानीयबासीले पूर्व–पश्चिम लोकमार्गमा चक्काजाम गरेका थिए । त्यही चक्काजामको भिडिओ खिच्ने सम्झना राई र अन्य दुईजना युटुबरसहितका लाई प्रहरीले मंगलबार साँझ गछियाबाट पक्राउ गरेको हो ।
सर्वसाधारणले प्रदर्शन गरिरहेको ठाउँमा भिडिओ खिच्दा खिच्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । मोरङ प्रहरी प्रवक्ता डिएसपी मन्जिल मुकारुङले ११ जनालाई पक्राउ गरिएको बताए । उनीहरुविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाउने भएको छ ।
यसैबीच प्रेस सेन्टर मोरङ पूर्वी शाखा कार्यसमिति सदस्य सम्झना राईलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाउने तयारी गरेको घटना निन्दनीय रहेको प्रेस सेन्टरले जनाएको छ ।
‘सञ्चारकर्मी राईलाई मङ्गलबार पक्राउ गरी हिरासतमा राख्ने र मुद्दा चलाउने कार्य निन्दनीय छ’ विज्ञप्तिमा भनिएको छ, मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसी, डिएसपी मञ्जिल मुकारुङसमेतलाई कार्यकक्षमै भेटी पक्राउ परेकी महिला सञ्चारकर्मी राईलाई मुद्दा मामिलामा नलैजान हामीले आग्रह गरेका थियौं । हाम्रो आग्रहलाई बेवास्ता गर्दै प्रहरीले जुन व्यवहार देखाएको छ त्यो खेदजनक छ ।’
विज्ञप्तिमा भिडियो खिच्नु, समाचार लेख्नु सञ्चारकर्मीको दायित्व हो भने आम नागरिकको अधिकार पनि हो । नागरिकले समेत सार्वजनिक ठाउँमा भएका भेला तथा प्रदर्शनमा फोटो खिच्ने अधिकार राख्दछन् भने सञ्चारकर्मीले त झन् नपाउने कुनै कानूनी व्यवस्था छैन भनिएको छ ।
पत्रकारलाई पक्राउ गरी मुद्दा लगाई हिरासतमा राखिनु अभिव्यक्ति स्वतन्त्रताको मौलिक हक, विश्वव्यापी मान्यता विपरीत रहेको समेत विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति: चैत्र २ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend