Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान समातिए

हाम्रो कोशी आवाज
चैत्र ४ २०७८, शुक्रबार
कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान समातिए

बिर्तामोडः झापाको बिर्तामोड नगरपालिका-५ स्थितमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ ।
घटनामा संलग्न बिर्तामोड-५ का ४० वर्षीय श्रीमान कमल राउतलाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार राति राउतले घरायसी विवाद हुँदा श्रीमती ३९ वर्षीय खेमजुङ गुरुङलाई कुटपिट गरेका थिए । श्रीमानको कुटाइबाट घाइते भएकी खेमजुङको कन्काई अस्पताल बिर्तामोडमा सामान्य उपचारपश्चात् थप उपचारको लागि विराटनरस्थित नोवेल अस्पताल लगिएकोमा सो अस्पतालमा उपचार हुन नसकी आफन्तले बिर्तामोडस्थित माइती घर ल्याएकोमा उनको बिहीबार राति साढे १० बजे मृत्यु भएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: चैत्र ४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend