Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा पढ्दै व्यवसाय गर्दै

हाम्रो कोशी आवाज
चैत्र ४ २०७८, शुक्रबार
धरानमा पढ्दै व्यवसाय गर्दै

धरानः धरानमा १९ वर्षीया किशोरी सोनिम धमलाले मेकअप स्टुडियो र नेल आर्ट सञ्चालनमा ल्याएकी छिन् ।
सात लाख रुपैयाँको लगानीमा मेकपअप र नेल आर्ट स्टुडियो सञ्चालनमा ल्याएको उनले बताइन् । सानै उमेरदेखि मेकअप स्टुडियो खोल्ने इच्छा रहेको र त्यो इच्छा पनि पूरा भएको उनले बताइन् ।
हुन त नेपाली समाजमा १८-१९ वर्षको किशोरी अवस्थाको उमेर स्कुल, कलेज जाने, खाने, लाउने, रमाइलो गर्ने उमेर हो भन्ने गरेको पाइन्छ । मिक्लाजुङ–३ मोरङ स्थायी घर भएकी सोनिमले भृकुटी मोडेल एकेडेमी उर्लाबारीबाट होटल म्यानेजमेन्ट बिषयमा प्लस टु उत्तीर्ण गरिसकेकी छिन् ।
उनी भन्छिन्, ‘मलाई मेकअप सम्बन्धी नै विषय पढ्न मन थियो तर त्यससम्बन्धी कलेज यता नभएकाले होटल म्यानेजमेन्ट पढें ।’ तर प्लस टु पढ्दा पढ्दै उर्लाबारीमै मेकअपसम्बन्धी ६ महिने कोर्ष पूरा गरेको सोनिम बताउँछिन् । धरान–१५ मा रहेको मावली घरमा बसोबास गर्दै आएकी छिन् ।
उनले बगरकोटमा सोनिमले हजुरआमा तारा शंकरको हातबाट ‘सोनिम मेक अप हेयर एण्ड नेल स्टुडियो’ को उद्घाटन गराइन् । ‘आफू सानो छँदा पनि बुबालाई मेकअप स्टुडियो खोल्छु भनिरहन्थे, बल्ल इच्छा पूरा भयो । अब धरानमै स्नातकको पढाइ पनि सुरु गर्छु र आफ्नो कामलाई पनि अघि बढाउँछु’, उनले भनिन् । हाल उनले २ जना कर्मचारीलाई रोजगार पनि प्रदान गरेकी छिन् । यति सानो उमेरमा नै यस्तो हिम्मत गरी मेक अप स्टुडियो खोलेर आत्मनिर्भर हुने सोनिमको काम अन्य किशोरी र महिलाहरुका लागि पनि अनुकरणिय भएको सोनिमकी दिदी सुस्मिता लिम्बूले बताइन् ।
धरान त्यसैपनि फेशनेवल शहर भएकोले युवतीहरु आफूलाई सुन्दर र आकर्षक बनाउन नेल आर्ट गर्नतर्फ आर्कषित हुन थालेको उनले बताइन् । उनले हातखुट्टाको नङलाई कलात्मक एवं सुन्दर पार्न किशोरी एवं युवतीहरु आकर्षित हुन थालेपछि यसको व्यवसाय फस्टाउने बताइन् । ‘खासमा टिनएजर्स नेल आर्ट गर्न मन पराउँछन्’, उनले भनिन्, ‘यसैलाई मध्यनजर गर्दै यस्तो व्यवसाय थालेकी हुँ ।’

प्रकाशित मिति: चैत्र ४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend