संखुवासभाः संखुवासभाको चैनपुर-११ गहतेस्थित कोशी राजमार्ग पक्की सडक खण्डमा ट्याक्टर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
चैनपुर-३ पोखरी बस्ने वर्ष २४ को बिनाहाङ लिम्बूको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । चैनपुरबाट खाँदबारी जाँदै गरेको सिमेण्ट लोड भएको प्र१-०२-००३त १५१५ नम्बर को ट्याकटर आफै अनियन्त्रित भई रोडदेखि अन्दाजी ७ मिटर तल खोल्सीमा झरी दुर्घटना भएको थियो ।
गम्भीर घाइते लिम्बूको उपचारको लागि मनकामना अस्पताल तुम्लिङटारमा मृत्यु भएको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।