सुनसरीः सुनसरीमा डुबेर दुईजनाको मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका–५ शान्ति टोलस्थित सुकुमारी खोलाको पानीमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ६८ वर्षीय नेत्र भण्डारी रहेका छन् । स्थानीयले भण्डारीलाई डुबिरहेको अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय इटहरीमा खबर गरेसँगै प्रहरी टोली पुगेर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच सुनसरीको बर्जु गाँउपालिका– ६ स्थित थलाह खोलामा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु–१ का लक्ष्मण ऋषिदेवका १३ वर्षीय छोरा निशान ऋषिदेव रहेका छन् । खोलामा नुहाउने क्रममा स्थानीयले डुबिरहेको देखेर मृत्यु भएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय छिटाहाबाट प्रहरी टोली खटि गएकोमा कानुनी प्रक्रिया पूरा गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।