बराहक्षेत्रः गत चैत ४ गते सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बराहक्षेत्र नगरपालिका–६ का १८ वर्षीय प्रेमकुमार पाण्डे मृत फेला परेका छन् ।
गत चैत्र ४ गते दिउँसो साढे ३ बजे नदीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खोजतलासको लागी प्रहरी टोली खटि गएको थियो ।
प्रहरी टोली तथा स्थानीयवासीहरु समेतको सहयोगमा खोजतलास गर्ने क्रममा आइतबार दिउँसो साढे २ बजे डुबेर बेपत्ता भएको स्थानभन्दा करिब ६ किलोमिटर दक्षिणमा मृत अवस्थामा शव फेला पारेको महेन्द्रनगरबाट प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए ।
मृत फेला पारेसँगै शव परीक्षणको लागि अस्पताल पठाएको छ भने अन्य थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।