Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बराहक्षेत्रको सामुदायिक वनका तत्कालीन सचिवविरुद्ध भ्रष्टाचार गरेको भन्दै उजुरी

हाम्रो कोशी आवाज
चैत्र ६ २०७८, आइतबार
बराहक्षेत्रको सामुदायिक वनका तत्कालीन सचिवविरुद्ध भ्रष्टाचार गरेको भन्दै उजुरी

धरानः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक वन उपभोक्ता समुहका तत्कालीन सचिवविरुद्ध मुद्दा दायर गरेका छन् ।
आयोगले सुनसरीको साविक बराहक्षेत्र गाविस वडा नं. ३ स्थित आदर्श सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन सचिव दीपक थापा मगर र जनक थापाविरुद्ध सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आरोप–पत्र दायर गरेको हो ।
आदर्श सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूले सामुदायिक वनमा वृक्षारोपण र तार घेराको नाममा अत्याधिक रकम खर्च देखाएको, चेक काटी रकम हिनामिना गरेको, समूहमा दाखिला गर्नुपर्ने रकम खाई मासेर आर्थिक अनियमितता गरेको भन्ने उजुरी आयोगमा परेको थियो । सो उजुरीका आधारमा अनुसन्धान गर्दा तत्कालीन सचिव थापा मगरले आफ्नो कार्यकालमा उपभोक्ताहरुबाट रसिद काटी बुझी लिएको समूहको कोषमा दाखिला गर्नुपर्ने रकम दुई लाख ९३ हजार ३७२ रुपैयाँ कोषमा दाखिला नगरेको पाईको आयोगले जनाएको छ ।
त्यस्तै, तत्कालीन सचिव जनकले आफ्नो कार्यकालमा उपभोक्ताहरूबाट रसिद काटी बुझी लिएको समूहको कोषमा दाखिला गर्नुपर्ने रकम ७० हजार रुपैयाँ कोषमा दाखिला नगरेको पाइएको छ । साथै वन उपभोक्ता समूहको जिम्मेवार पदाधिकारीले आफ्नो जिम्मामा रहेको नगद तत्काल समूहको कोषमा दाखिला गर्नुपर्नेमा सो नगरी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको आयोगले आरोप पत्रमा उल्लेख गरेको छ ।
दीपकलाई बिगो २ लाख ९३ हजार र जनक थापालाई बिगो ७० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको लागि विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।

प्रकाशित मिति: चैत्र ६ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend