धरानः धरान–१५ स्थित च्याम्पियन इङ्लीस बोर्डिङ स्कुलको ७ औं वार्षिकोत्सब शनिबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
१ नम्बर प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि, स्कुलका अध्यक्ष नेत्र सुवेदीलगायतले वर्षभरी विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका स्कुलका विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेका थिए ।
स्कुलका प्रिन्सिपल दुर्गा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका नेता अइन्द्रविक्रम बेघा, नेकपा एमालेका नेता नारायण सुवेदी, धरान उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष नरेश इवारम लगायतले मन्तब्य व्यक्त गरे ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता पूर्णबहादुर सुवेदी, प्याब्सन सुनसरीका अध्यक्ष अनुप योञ्जनलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले आकर्षक गीत र नृत्य प्रस्तुत गरेर अतिथी र अभिभावकहरुलाई मनोरञ्जन प्रदान गरे । स्कुलका अध्यक्ष सुवेदीले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन सन्तोष कोइरालाले गरे ।
तस्वीरहरुः तिर्थ कार्की, रमेश पौडेल




