Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बालिकामाथि यौन दुव्यवहार !

हाम्रो कोशी आवाज
चैत्र ६ २०७८, आइतबार
बालिकामाथि यौन दुव्यवहार !

लेटाङः मोरङको लेटाङमा स्थानीय र प्रहरीबीच झडप भएको छ । लेटाङ–५ मा पर्ने शिक्षा विकास माविमा आइतबार झडप भएको हो । आइतबार दिनभरझैं सो विद्यालय झडपका कारण तनावग्रस्त बनेको हो ।
झडपका क्रममा एकजना प्रहरी जवान घाइते भएका छन् । स्थानीयबासी आन्दोलित बन्दै झडप साथै ढुङ्गामुढा प्रहार हुन थालेपछि प्रहरीले ४० राउण्ड बढी अश्रुग्याँस प्रहार गरेको थियो । प्रहरी, विद्यार्थी र स्थानीयबीच झडप हुँदा प्रहरी जवान रेणु यादव घाइते भएकी छिन् भने आन्दोलनमा उत्रिएका चारजना विद्यार्थी समेत बेहोस भएका थिए ।
कक्षा–६ मा पढ्ने १२ वर्षीया किशोरीलाई निमावि तहका सामाजिक शिक्षक शिक्षक मनोज पौडेलले यौन दुव्यवहार गरेको आरोपमा उनीविरुद्ध आन्दोलन भएको हो । साँझपख भएको प्रदर्शनका क्रममा दोहोरो झडप भएको हो ।

प्रहरी प्रवक्ता विष्णुकुमार केसीका अनुसार एकजना प्रहरीको अवस्था चिन्ताजनक रहेको छ । होलीको दिन ५६ वर्षीय शिक्षक पौडेलले बालिकाको घरमै पुगेर जबर्जस्ती गर्न खोजेको आरोप लगाइएको छ । पौडेलले तेस्रोपटक बालिकामाथि जवरजस्तीको प्रयास गरेको स्थानीयबासीले बताएका छन् ।
पीडित विद्यार्थीले आफूमाथि दुव्यवहार भएको अभिभावक र विद्यार्थीलाई सुनाएपछि स्थानीय र विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । विद्यार्थीले शिक्षक पौडेलको को२७प १९२१ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन् ।
प्रहरीले मे१च ६६२ नम्बरको एम्बुलेन्समा हालेर घाइते विद्यार्थी प्रहरी र शिक्षकलाई उद्दारको प्रयास गर्दा एम्बुलेन्समाथि पनि ढुङ्गामुढा भएको थियो । सो क्रममा प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । बिहान साढे १० बजेपछि तनावग्रस्त भएको विद्यालय परिसर साँझसम्म पनि शान्त हुन सकेको थिएन । यो समाचार तयार पार्दासम्म झडपको स्थिति केही साम्य भएको पाइएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत नविनराज राईले जानकारी दिए । ‘अहिलेमात्रै केही साम्य भएको भन्ने जानकारी पाएका छौं, अझै फोन सम्पर्क गरिरहेका छौं’, उनले भने ।

प्रकाशित मिति: चैत्र ६ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend