Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लेटाङमा कफर्यु आदेश

हाम्रो कोशी आवाज
चैत्र ७ २०७८, सोमबार
लेटाङमा कफर्यु आदेश

लेटाङः लेटाङ क्षेत्रमा कफ्यु आदेश जारी भएको छ । सोमबार बिहानदेखि लेटाङ क्षेत्रमा कफ्र्यु आदेश जारी भएको हो ।
मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालद्वारा जारी कफ्र्यु आदेशमा लेटाङ ३ र ४ को गंगेचोक, कमलपुर क्षेत्र, वडा नं. ५ का सबै क्षेत्र, उत्तरमा लेटाङ वडा नं. ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र, पश्चिममा चिसाङ खोला क्षेत्रसम्म कफ्र्यु जारी गरिएको जनाइएको छ । बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कफ्र्यु आदेश जारी गरिएको आदेशमा जनाइएको छ ।
आइतबार यौन दुव्र्यवहार आरोपी शिक्षकलाई पक्राउ गर्न पुगेको प्रहरी, स्थानीयबासी र विद्यार्थीबीचको झडपमा एकजना महिला प्रहरीको मृत्यु भएको छ ।

यौन दुव्र्यवहारका आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश १ प्रहरी कार्यालय, विराटनगरका एसपी नविन राईका अनुसार कोशी अञ्चल अस्पतालमा उनको मृत्यु भएको हो ।
लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माविमा पढ्ने १२ वर्षीया एक बालिकामाथि सोही विद्यालयका शिक्षक मनोज पौडेलले यौन दुव्यवहार गरेको आरोप लागेको छ ।
उनलाई पक्राउ गर्न पुगेको प्रहरी, विद्यार्थी र स्थानीयबासीबीच झडप भएको थियो । शिक्षकमाथि कारबाहीको माग गर्दै विद्यार्थी र स्थानीय विरोधमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको थियो । पीडित विद्यार्थीका अभिभावक र आफन्तले दिनभर प्रदर्शन गरेका थिए । आइतबार बेलुका भएको प्रदर्शनका क्रममा प्रहरी र स्थानीयबीच दोहोरो झडप भएको थियो ।
स्थानीयकाअनुसार गत शुक्रबार होलीको दिन ५६ वर्षीय शिक्षक पौडेलले बालिकाको घरमै गएर यौन दुव्र्यवहार गरेका थिए । उनी शिक्षा विकास माविका निमावि तहका सामाजिक शिक्षक हुन् । पीडित विद्यार्थीले आफूमाथि दुव्यवहार भएको अभिभावक र विद्यार्थीलाई सुनाएपछि स्थानीय र विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । विद्यार्थीले शिक्षक पौडेलको को२७प १९२१ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन् । प्रहरीले मे१च ६६२ नम्बरको एम्बुलेन्समा हालेर घाइते विद्यार्थी प्रहरी र शिक्षकलाई उद्दारको प्रयास गर्दा एम्बुलेन्समाथि पनि ढुङ्गामुढा भएको थियो । सो क्रममा प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।

प्रकाशित मिति: चैत्र ७ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend