Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भेडेटारनजिक दुर्घटना

हाम्रो कोशी आवाज
चैत्र ९ २०७८, बुधबार
भेडेटारनजिक दुर्घटना

धरानः धनकुटाको भेडेटार-गोलखाडी सडक खण्डमा दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा यात्रु साँगुरीगढी-७ बस्ने वर्ष १९ की श्रेया राईको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको बुधबार बिहान २ः१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
मङ्गलबार राति करिब ९ बजे साँगुरीगढी गाउँपालिका-६ साँगुरीगढी किल्लानजिक गोलखाडी भेडेटार भित्री कच्ची सडक खण्डमा भेडेटारबाट गोलखाडीतर्फ जाँदै गरेको मे१ज२१६२ नम्बरको सुमो जीप अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।
जीप चालक धनकुटा-२ बस्ने वर्ष ४१ को सत्यलाल इप्रका भेडेटारको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । भेडेटारबाट अन्दाजी १ किमि पश्चिम पर्ने सो स्थानमा सडकको अवस्थाको कारणले दुर्घटना भएको प्रहरीले जनाएको छ । जीप मंगलबार राति करिब ९ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, धरान-केराबारी सडक खण्डमा दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा पैदलयात्री वर्ष ४६ कि टिका तामाङ रहेको प्रहरीले जनाएको छ । उनको धरानस्थित विजयपुर अस्पतालमा उपचार भइरहेको छ । उनको निधारमा चोट लागेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।
मोरङको केराबारी–६ कालापानीस्थित धरान–केराबारी पक्की सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा६२प ९२६६ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक निर्मल घिमिरे फरार रहेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: चैत्र ९ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend