Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

१० लाखको छात्रवृत्ति कोष स्थापना

हाम्रो कोशी आवाज
चैत्र ९ २०७८, बुधबार
१० लाखको छात्रवृत्ति कोष स्थापना

विराटनगर: समाजसेवी दीनबन्धु गोयलले विराटनगर–७ स्थित सत्यनारायण माविमा रु १० लाखको छात्रवृत्ति कोष स्थापना गरेका हुन्।
यसअघि सोही विद्यालयमा गोयलले रु चार लाखको सुमनदेवी गोयल छात्रवृत्ति कोष स्थापना गरेका थिए । कार्यक्रममा संरक्षक गोयल र दाता मनोज गोयलले सुमनदेवी गोयल स्मृति छात्रवृत्ति कोषबाट कक्षा ९ देखि १२ सम्मका प्रथम, द्वितीय र तृतीय हुने २२ छात्रछात्रालाई छात्रवृत्ति रकम प्रदान गरे ।
विद्यालयले अध्ययनमा प्रोत्साहन गर्ने उद्देश्यले आन्तरिक स्रोतबाट १५ उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
कक्षा ६ देखि ११ सम्मका छात्रछात्रालाई रु ११ हजारका दरले छात्रवृत्ति प्रदान गर्न कोष स्थापना गरिएको उनले जानकारी दिए । गोयलले सोही विद्यालयमा अध्ययन गरेकी बुहारी सुमनदेवीको स्मृतिमा उक्त छात्रवृत्ति घोषणा गरेका हुन् ।

प्रकाशित मिति: चैत्र ९ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend