Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लागूऔषधसहित आमाछोरा समातिए

हाम्रो कोशी आवाज
चैत्र ९ २०७८, बुधबार
लागूऔषधसहित आमाछोरा समातिए

बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–१० बाट लागूऔषधसहित आमा छोरा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही स्थानकी ४५ वर्षीया मैनी खातुन र छोरा २५ वर्षीय मेबुव आलम रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण व्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले खातुनको घरमा चेकजाँच गर्दा ९ ग्राम ३२ मिलिग्राम ब्राउनसुगर, २४ ग्राम गाँजा, डिजिटल तराजु १ थान नगद ९ हजार ५ सय साठी रुपैयाँ र विभिन्न कम्पनीका मोवाइल ९ थान बरामद गरेको हो ।
प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका आमा छोराको इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: चैत्र ९ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend