धरानः धरानमा ‘इष्ट टुरिजम मार्ट’ शुरु भएको छ ।
२०१८ र २०१९ मा कोरोना महामारीका कारण रोकिएको इष्ट टुरिजम मार्ट २०७८ को धरान-१२ स्थिते पब्लिक हाइस्कुल मैदानमा शुक्रबार, शनिबार र आइतबार अर्थात् ११, १२ र १३ गते आयोजना हुनेछ । नेपाल पर्यटन बोर्डको आयोजना तथा धरान उपमहानगरपालिकाको स्थानीय संयोजनमा प्रदेश १ कै पर्यटकीय सुन्दर शहर धरानमा मार्ट (व्यापार मेला) को आयोजना भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन सो मार्टको उद्घाटन गरेका छन् । कार्यक्रममा प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी (सुवेदी) समेत सहभागी थिए ।
कार्यक्रममा आयोजक र केही स्टल राख्नेबाहेक अन्यको खासै उपस्थिति थिएन । जान्ने, बुझ्ने धरानेहरुले ‘बजेट पचाउने मेलो’ भन्दै कुरा काटेका थिए । ‘खासमा भन्ने हो कसैलाई थाहै नदिई यो कार्यक्रम सुटुक्क गरिएको जस्तो लाग्यो’, सहभागी एक युवाले भने, ‘यो सबै बजेट पचाउने मेलोमात्रै हो ।’
मार्टका संयोजक तथा पर्यटनकर्मी भविषकुमार श्रेष्ठले प्रत्येक जिल्लाले आफ्नो जिल्लामा भएको प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा अन्य विभिन्न पर्यटकीयस्थलको स्टल राखेर प्रचार गर्ने बताएपनि केही जिल्लाबाहेक प्रदेश १ का १४ जिल्लाको उपस्थिति देखिएन ।
मार्टका प्रवक्ता तथा पर्यटन व्यवसायी वासुदेव बरालले ३५ लाख रुपैयाँ ल्याएर धरानमा इष्ट टुरिजम मार्ट गर्न सफल भएको बताए । मार्ट अवधिभर सोही मैदानमा जातीय परिकारका पस्किने भनेपनि जातीय परिकार देखिएको थिएन । केही होटल म्यानेजमेन्ट अध्यापन हुने कलेजका विद्यार्थीहरुले परिकार पस्किएका भने थिए । कार्यक्रममा उद्घोषिकाले उद्घोषक गरेका धेरै अतिथिहरुको उपस्थिति थिएन । तस्वीरहरुः हाम्रो कोशी आवाज





























