Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुर्घटनामा २८ वर्षीय रुपेश राईको मृत्यु

हाम्रो कोशी आवाज
चैत्र १३ २०७८, आइतबार
दुर्घटनामा २८ वर्षीय रुपेश राईको मृत्यु

ताप्लेजुङः फुङ्लीङ नगरपालिका वडा नं १० मा शनिबार साँझपख ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा फुङलिङ नगरपालिका वडा नम्बर ८ बस्ने २८ वर्षीय रुपेश राई रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
दाउरा लिएर सदरमुकाम फुङ्लिङतर्फ आउँदै गरेको मे१त ७७८ नम्बरको ट्याक्टर फुङ्लिङ नगरपालिका १० को भित्री सडकस्थित गुरुङगुम्बा नजिक दुर्घटना हुँदा राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी कैलाशकुमार अधिकारीले जानकारी दिए ।
घटनामा परी एकजना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा विशेष राई रहेको प्रहरीले जनाएको छ । घाइते राई उपचारको लागि झापामा रिफर गरिएको प्रहरीले जनाएको छ । सामान्य घाइते अन्य दुईजना प्राथमिक उपचारपछि घर फर्केको प्रहरीले जानकारी दिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको समेत जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: चैत्र १३ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend