Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आगलागीमा परेर एकजनाको मृत्यु, सात घर जलेर नष्ट

हाम्रो कोशी आवाज
चैत्र १४ २०७८, सोमबार
आगलागीमा परेर एकजनाको मृत्यु, सात घर जलेर नष्ट

उदयपुरः उदयपुरको उदयपुरगढी गाउँपालिका-१ शिखरपुरमा आइतबार आगलागी हुँदा एकजनाको ज्यान गएको छ । आगलागीबाट ७ घर जलेर नष्ट भएका छन् ।
आगलागीमा ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । स्थानीय ओमबहादुर मगरको घरबाट एक्कासि आगलागी हुँदा उनकी आमा शिवमायाको ज्यान गएको हो ।
आगलागीबाट भैरबबहादुर ग्राङ्जा मगर, पदमबहादुर ग्राङ्जा मगर, यम्बरबहादुर ग्राङ्जा मगर, दिपबहादुर ग्राङ्जा मगर, धनमाया ग्राङ्जा मगर, शेरबहादुर ग्राङ्जा मगर र ओमबहादुर ग्राङ्जा मगरको घरगोठ जलेर नष्ट भएको छ ।
आगलागीबाट सात घर जलेर खरानीसँगै दर्जन बढी खसी, बोका, सुंगुर, कुखुरा जलेर नष्ट भएको स्थानीयबासी डण्डीकेशर मगरले जानकारी दिए । आगलागीबाट अन्नपात, लत्ताकपडासमेत जलेका छन् ।

प्रकाशित मिति: चैत्र १४ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend