Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा १७१ सञ्चारकर्मीको दुर्घटना बीमा

हाम्रो कोशी आवाज
चैत्र १५ २०७८, मंगलबार
सुनसरीमा १७१ सञ्चारकर्मीको दुर्घटना बीमा

इटहरीः नेपाल प्रेस युनियन सुनसरी र अजोड इन्स्योरेन्सबीच दुर्घटना बीमा सम्झौता भएको छ ।
सोमबार प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, उपाध्यक्ष सञ्जीव वाग्ले, अजोड इन्स्योरेन्सका सिईओ कुमारबहादुर खत्री र सहायक महाप्रबन्धक डोरीन्द्रराज दाहाल (दिनेश) ले दुर्घटना बीमामा सम्झौता गरेका हुन् ।
यसअघि अघिल्लो वर्षपनि सुनसरीसहित प्रदेश १ का १४ वटै जिल्लाका प्रेस युनियन अध्यक्षहरू गरी ३२८ जना सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको थियो । तर, यसवर्ष जिल्लाका २७१ जना सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए । उनका अनुसार बीमामा लाग्ने कुल रकममध्ये आधा रकम युनियनले व्यहोर्नेगरी सम्झौता भएको हो । जसमध्ये एक लाख ३६ हजार रुपैँया रकम प्रेस युनियन सुनसरीले व्यहोर्ने र बाँकी रकम इन्स्योरेन्स कम्पनीले व्यहोर्नेगरी सम्झौता भएको उनले बताए ।
‘बीमित सञ्चारकर्मीको दुर्घटनामा मृत्यु भएमा सात लाख रुपैँया पाउनेछन् भने घाइते भएमा अधिकतम् एक लाखसम्म पाउनेगरी सम्झौता भएको छ,’ अधिकारीले भने, ‘दुर्घटनामा अङ्गभङ्ग भए वा कामै गर्न नसकेको अवस्थामा पनि कम्पनीको पोलिसी अनुसार रकम पाइन्छ, आजको मितिबाट एक वर्षसम्मका लागि सम्झौता भएको हो ।’
प्रेस युनियन सुनसरीका उपाध्यक्ष सञ्जीव वाग्लेका अनुसार अघिल्लो वर्षपनि गरिएको बीमा यसवर्ष पनि दोहो¥याइएको हो । ‘दुर्घटना विपत्ति रहेकाले कहाँ कतिबेला कसरी हुन्छ थाहा हुँदैन, त्यसैले सञ्चारकर्मीको सुरक्षाका लागि हामीले बीमा गरेका हौँ,’ वाग्लेले भने, ‘जिल्लाका सञ्चारकर्मीको दुर्घटना बीमाका लागि हामीले यसअघि मिडिया हाउससँग नामावली मागेका थियौँ, सोही नामावलीका आधारमा बीमा गरिएको हो ।’
अजोड इन्स्योरेन्सका सिईओ कुमारबहादुर खत्रीले बीमा गर्नुले मानिसको जीवनमा सकारात्मक प्रभाव पर्ने बताए । उनले भने, ‘हरेक मानिसले दुर्घटना बीमा गर्न आवश्यक छ, प्रेस युनियनले यसरी सञ्चारकर्मीको दुर्घटना बीमा गरिनुले हामीलाई पनि थप उत्प्रेरित गरेको छ ।’

प्रकाशित मिति: चैत्र १५ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend