Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु

हाम्रो कोशी आवाज
चैत्र १५ २०७८, मंगलबार
छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु

विराटनगरः मोरङ र झापाका दुई छुट्टाछुट्टै स्थानमा सोमवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
मोरङको बुढीगंगा गाउँपालिका–१ गंगाचोकमा ना ३ ख २३९ नम्बरको कन्टेनर र स १० प २८८६ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको कन्टेनरमा सोही दिशाबाट जाँँदै गरेको मोटरसाइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालक मोरङ टंकीसिनवारीका २५ वर्षीय किशोरकुमार माझीको उपचारको क्रममा विराटनगरको टिचिङ अस्पतालमा मृत्यु भएको हो ।
यसैगरी झापाको बुद्ध शान्ति गाऊँपालिका–१ मा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको नम्बर उल्लेख नभएको मोटरसाइकल आफै अनियन्त्रित भई ट्रकमा ठोक्किदा घाइते भएका मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका–४ का २५ वर्षीय अन्जन फागोको उपचारको क्रममा क्रममा मृत्यु भएको हो । दुवै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: चैत्र १५ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend