Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सरकारले दीर्घरोगीलाई मासिक पाँच हजार दिने

हाम्रो कोशी आवाज
चैत्र १६ २०७८, बुधबार
सरकारले दीर्घरोगीलाई मासिक पाँच हजार दिने

धरानः सरकारले चार प्रकारका दीर्घरोगीलाई औषधि उपचारका लागि मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोग भएका र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार उपलब्ध गराउने निर्णय गरेको हो ।
सरकारले औषधि उपचार लामो समयसम्म गर्नुपर्ने र खर्चिलो हुने हुँदा बिरामीलाई आर्थिक भार कम गर्नका लागि जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ बमोजिम कार्यविधि नै बनाएर निर्णय कार्यान्वयनको बाटो खुलाएको मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै औषधि उपचार बापत खर्च उपलब्ध गराउने कार्यविधि स्वीकृत भएको हो । सो कार्यविधिलाई तुरुन्त लागू गर्न भन्दै नीति, योजना तथा अनुगमन महाशाखाले देशभरका ७ सय ५३ स्थानीय तहबाट रकम उपलब्ध गराउन कार्यविधि कार्यान्वयनका लागि पत्राचार गरिसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारले तोकेको मासिक पाँच हजार त्रैमासिक रुपमा महिनाको अन्तिम दिन एकमुष्ट १५ हजार रुपैयाँ स्थानीय तहले बिरामीको बैंक खातामा जम्मा गर्ने कार्यविधिमा उल्लेख छ ।

प्रकाशित मिति: चैत्र १६ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend