विराटनगरः प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको इटहरी–४ का ४० वर्षीय राजेन्द्र केसी र झापाको कन्काई नगरपालिका–३ का ३० वर्षीय अरुण प्रधान रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेका प्रधानलाई दुई ग्राम र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले को२५प ७६५८ नम्बरको मोटरसाइकलमा भारत जोगवनीबाट नेपालतर्फ आउँदै गरेका केसीलाई ७ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका दुवैजनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।