Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘विराटनगर विमानस्थलको चाँडै स्तरोन्नति’

हाम्रो कोशी आवाज
चैत्र १८ २०७८, शुक्रबार
‘विराटनगर विमानस्थलको चाँडै स्तरोन्नति’

विराटनगर: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विराटनगर विमानस्थलको स्तरोन्नति चाँडै गरिने बताएका छन् ।
विराटनगर विमानस्थलको अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री आलेले स्तरोन्नतिलगायत भौतिक संरचना निर्माणको काम चाँडै गरिने बताएका हुन् ।
उनले भने, “विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि बजेट विनियोजन भइसकेको छ, भौतिक संरचनालगायत काम चाँडै गरिने छ ।” मन्त्री आलेले विमानस्थल स्तरोन्नतिका लागि रकम अपुग भए आगामी आर्थिक वर्षको बजेटमा विनियोजन गर्ने जानकारी दिए । विराटनगरबाट अन्य क्षेत्रमा हवाईसेवा सञ्चालन गर्न पहल भइरहेको उनले बताए । क्षेत्रीयस्तरको विमानस्थल निर्माण गर्न जग्गा अधिग्रहणका लागि रु १७ करोड आवश्यक पर्ने मन्त्री आलेले उल्लेख गरे ।
उनले भने, “विराटनगर क्षेत्रीय स्तरको विमानस्थल बनाउन आवश्यक छ ।” विराटनगर विमानस्थलमा रहेका कतिपय संरचना जीर्ण भएका र केही पुनःनिर्माण गर्नुपर्ने देखिएकाले त्यसका लागि बोलपत्र आह्वान भइसकेको मन्त्री आलेले जानकारी दिए ।

प्रकाशित मिति: चैत्र १८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend