Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा बम बिष्फोट

हाम्रो कोशी आवाज
चैत्र १८ २०७८, शुक्रबार
सुनसरीमा बम बिष्फोट

धरानः इटहरीमा बम विष्फोटनको घटनामा संलग्न मुख्य योजनाकारसहित चारजना पक्राउपछि सार्वजनिक गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाका अनुसार पक्राउ पर्नेमा इटहरी–२ बस्ने वर्ष २० को रविन थापा, वर्ष ३२ कि लक्ष्मीदेवी थापा, लमजुङ ढोडेनी गाउँपालिका वडा नं ७ बस्ने वर्ष २३ को शेरजंग गुरुङ, झापा कन्काइ नगरपालिका वडा नं ८ लक्ष्मीपुर बस्ने वर्ष ४३ को सञ्जय भन्ने खगेन्द्र खरेल रहेका छन् ।
गत १४ गते इटहरी–२ अमिर श्रेष्ठको घरमा डेरा गरी बस्ने वर्ष ३२ कि लक्ष्मी थापाको डेरा कोठामा बम विष्फोट भई मानिस घाइते भएको भन्ने जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काको कमाण्डमा प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको उनले जानकारी दिए ।
उनीहरुलार्य शुक्रबार नै सुनसरी जिल्ला अदालत सुनसरीबाट बम बिष्फोटन र संगठित अपराध मुद्दा शीर्षकमा म्याद थप गरी घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको र यस बम विष्फोटन गराई समाजमा आतंक फैलाउने तत्वहरुको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले गत १४ गते थापाको कोठामा बारुदको गन्ध, कोठाको सामान छरपष्ट अवस्थामा, कोठाको झ्यालको शिशाहरु फुटेको अवस्थामा फेला पारेको थियो । प्रहरीले घटनामा लक्ष्मी थापाको छोरा वर्ष २० को रविन थापा र ढोडेनी गाउँपालिका वडा नं ७ स्थायी घर भएका वर्ष २३ को शेरजंग गुरुङ घाइते अवस्थामा फेला पारेको थियो ।
घटनाको अनुसन्धान खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, संघीय प्रहरी इकाई कार्यालय धरानको अनुसन्धान टोली, जिल्ला प्रहरी कार्यालय सुनसरीको अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालयको संयुक्त प्रहरी टोलीले लक्ष्मीदेवीलाई इटहरीमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो ।
त्यस्तै, घटनाका मुख्य योजनाकार जिल्ला झापा कन्काइ न.पा वडा नं ८ लक्ष्मीपुर बस्ने वर्ष ४३ को सञ्जय भन्ने खगेन्द्र खरेललाई झापाको मेचीनगर नगरपालिका वडा नं. ६ स्थित नेपाल भारत सीमाना काकडभिट्टाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले लक्ष्मीदेवीको नामको बैंकको चेक बुक थान १, राष्ट्रिय स्वाधिनताको लडाईमा जनताको असल साथी राजा सिएफएन कफन स्थापना २०७० अवधारणा लेखिएको पहेलो रंगको सानो पर्चा ३३ थान, ठूलो पर्चा १० थान, सेतो रंगको पर्चा ५ थान र रातो रंगको पर्चा ५५ थान, हिमाल सुरक्षा परिषद नेपालको सेतो रंगको पर्चा १ थान सिएफएन कफन लेखिएको अर्ध कट्टी सदस्यता कार्ड २८ थान, केही भाग जलेको कपडा, कागज, सुतली, डोरी, केही कालो भएको मसिनो तामाको जस्तो देखिने तारको गुजुल्टो बरामद गरेको प्रहरीले जनाएको छ ।
यस्तै, खगेन्द्रको हिमाल सुरक्षा परिषद नेपाल केन्द्रीय कमिटीको छाप १ थान, इन्चार्ज केन्द्रीय कमिटी हिमाल सुरक्षा परिषद नेपाल लेखिएको छाप १ थान, अध्यक्ष केन्द्रीय कमिटी हिमाल सुरक्षा परिषद नेपाल लेखिएको छाप १ थान लगायत अन्य सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
मुख्य योजनाकार खगेन्द्र झापाका विभिन्न स्थानमा बम विष्फोटलगायत अन्य घटनामा समेत संलग्न रहेको पाइएको एसपी थापाले जानकारी दिए । उनी बिर्तामोडस्थित पश्चिम बस स्टेण्डमा र गत १३ गते झापाको दमकस्थित शिवान चर्चमा हिमाल सुरक्षा परिषदका पर्चाहरुसहित बिष्फोटक पदार्थ जस्तो देखिने शंकास्पद वस्तु प्रेसर कुकर राखेको घटनामा संलग्न रहेको पाइएको उनले जानकारी दिए ।
यस्तै, उनी २०७६ वैशाख २८ गते झापाको कन्काई पुलमा समेत गोर्खा जनमुक्ति पार्टीको नाममा ग्रेटर नेपालको माग राखी बिष्फोटक पदार्थ तथा संगठित अपराध कसुरमा २ वर्ष ५ महिना कैद सजाय भुक्तान गरी झापा जिल्ला कारागारबाट छुटेको समेत पाइएको उनले जानकारी दिए । उनी हिमाल सुरक्षा परिषद् नेपालको केन्द्रीय अध्यक्ष रहेको भन्ने बुझिएको उनले जानकारी दिए । ‘हामीले प्रदेश १ का विभिन्न स्थानमा बम विष्फोटलगायत आतङ्क सिर्जना गर्दै आएका अध्यक्ष नै समात्न सफल भएका छौं, घटनामा अन्यको संलग्न रहन आएको खुल्न आएको छ, यसबारेमा थप अनुसन्धान भइरहेको छ’, एसपी थापाले भने । उनीहरुले अन्य ठाउँमा बम विष्फोट गराउने योजना बुन्दै गर्दा कोठामै पड्किएको समेत खुल्न आएको उनले जानकारी दिए ।

प्रकाशित मिति: चैत्र १८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend