Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ढाल्दै गरेको रुखले लागेर मृत्यु भएपछि तीनजना समातिए

हाम्रो कोशी आवाज
चैत्र १९ २०७८, शनिबार
ढाल्दै गरेको रुखले लागेर मृत्यु भएपछि तीनजना समातिए

इलाम: रुख ढाल्ने क्रममा इलाम नगरपालिका–४ मा शुक्रबार रुखले लागेर एक जनाको मृत्यु भएको छ। काट्दै गरेको रुखले लागेर इलाम नगरपालिका–४ कागतेपानीका ५० वर्षीय लालबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको हो।
स्थानीय नवीन गुरुङको बारीको पिपलको रुख शुक्रबार दिउँसो ढाल्ने क्रममा उनलाई लागेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए।
सन्दकपुर गाउँपालिकाका ३२ वर्षीय सुवास राईले ठेक्कामा लिएर इलाम नगरपालिका–४ का स्थानीय सन्तबहादुर राई र कुवेर राईले ढाल्दै गरेको रुखले लालबहादुर गुरुङलाई लागेको हो।
के कारणले घटना भयो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। अनुसन्धानकै क्रममा ठेक्कामा बगान लिएर रुख कटाउने सन्दकपुरका सुवास राई र रुख काट्ने इलाम नगरपालिका–४ का सन्तबहादुर र कुँवेरलाई नियन्त्रणमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: चैत्र १९ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend