Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानलगायत सुनसरीमै माधव नेपालको पार्टी एक्लै चुनाव लड्ने

हाम्रो कोशी आवाज
चैत्र १९ २०७८, शनिबार
धरानलगायत सुनसरीमै माधव नेपालको पार्टी एक्लै चुनाव लड्ने

सुनसरीः सुनसरीमा पाँच दलीय गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले १२ वटा पालिका र १ सय २४ वटा वडामा उम्मेद्वारी दिने भएको छ ।
शनिबार नेकपा एकीकृत समाजवादी सुनसरीले इनरुवामा पत्रकार भेटघाट कार्यक्रम गरी सत्ता गठबन्धनमा रहेका दलहरुसँग सिट बाँडफाटमा कुरा नमिलेका पालिका तथा वडाहरुमा आफ्नो पार्टीले सवै दलसँग प्रतिष्पर्धा गर्न उम्मेदवारी दिने जनाएको हो ।
नेकपा एसका सुनसरीका अध्यक्ष गोविन्द निरौलाले पत्रकार भेटघाटमा नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका जिल्ला तहका नेतृत्वसँग शुक्रबार गरिएको बैठकमा गठबन्धन निर्माण गरेर जाने छलफलको सुरुवात भएको बताए ।
अध्यक्ष निरौलाले नेकपा एसले जिल्लाका धरान र इटहरी उपमहानरपालिका, इनरुवा, रामधुनी, दुहवी, बराहक्षेत्र नगरपालिकामा मेयर उपमेयरसहित सबै वडामा उम्मेदवार उठाउने गरी नेता कार्यकर्ताहरुको नाम सिफारिस गर्न चैत २८ गतेसम्म जिल्लामा पठाउन निर्देशन दिएको बताए ।
यसैगरी देवानगञ्ज, बर्जु, हरिनगर, गढी, कोशी र भोक्राहा–नरसिह गाउपालिकामा चैत ३० गतेसम्म सहमती गरि उम्मेदवारहरुको नाम सिफारिस गरी पठाउन सर्कुलर गरिएको अध्यक्ष निरौलाले बताए ।
सहमतीका आधारमा गठबन्धन हुने वडामा गठबन्धनबाट नहुने वडामा एकल रुपमा चुनावमा उम्मेदवारी दिने गरी कार्यकर्ताहरुलाई सर्कुलर गरिएकाले पालिका तथा वडाबाट हुने सहमतीलाई आधार बनाएर चुनावमा भाग लिने अध्यक्ष निरौलाले बताए ।
जिल्लामा सहमती हुन नसकेका वडा तथा पालिकामा तल्लो तहबाट गठबन्धन बनेर आएको अवस्थामा त्यसैलाई सहमती दिने र सहमती नभएको अवश्थामा एकल रुपमा उम्मेदवारी दिने तयारीमा सवै पालिका कमिटीहरु रहेको अध्यक्ष निरौलाले बताए ।
नेकपा समाजवादीले सुनसरीको भोक्राहा–नरसिह, कोशी गाउपालिकामा कांग्रेस बाहेकको गठबन्धन बनाउन पालिका तहमा बैठक छलफल भएकाले जिल्लाबाट सहमती भएको अवश्थामा जिल्लाबाटै गठबन्धन बनाएर चुनावमा भाग लिने तयारी गरेको छ ।
बराहक्षेत्रमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपासँग समहती भएका सिट बाडफाँडका आधारमा सहमती गरेर जाने नभएको अवश्थामा गठबन्धनमा मिल्ने अन्य दलहरुबीचमा सहमती गर्ने त्यो नभए एकल रुपमा जाने तयारी भएको जनाइएको छ ।
रामधुनी नगरपालिकामा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका पालिका तहका कमिटी सँग बैठक बसी सिट बाँडफाडको सहमती गर्ने नभएको अवश्थामा एकल रुपमा चुनावमा भाग लिने गरी उम्मेदवारी दिने तयारी गरिएको बताइन्छ ।

प्रकाशित मिति: चैत्र १९ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend