Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा टिकटक स्टारले दिए एक लाख बढीको खाद्यान्नसहित ५० हजार नगद

हाम्रो कोशी आवाज
चैत्र १९ २०७८, शनिबार
धरानमा टिकटक स्टारले दिए एक लाख बढीको खाद्यान्नसहित ५० हजार नगद

धरानः धरानमा केही टिकटक स्टारले सहयोग गरेर फर्केका छन् ।
गोपाल तिम्सिना अर्थात् टिकटक स्टार गोपाल–कृति दम्पत्ति तथा टिकटक स्टारहरुको समूह नेपाली हर्ट ग्रुप नेपालद्वारा धरान–३ स्थित सरस्वती बाल आश्रम तथा अपाङ्ग पुर्नस्थापना गृहका बालबालिकाहरुका लागि खाद्यान्न तथा आर्थिक सहयोग गरेका हुन् ।
देशका पश्चिमी जिल्ला प्युठानदेखि पूर्वका इटहरीसम्मका टिकटक स्टारहरुको सहभागितामा समूह बनाइ समाजसेवामा समर्पित उनीहरुले सहयोग गरेका हुन् ।
शनिबार एक कार्यक्रमको आयोजना गरी ८० हजार बराबरको खाद्यान्न तथा अक्षयकोष स्थापनाका लागि नगद ५० हजार समेत सहयोग गरेको नेपाली हर्ट ग्रुप नेपालका अध्यक्ष डिल्लीराज पराजुलीले जानकारी दिएका छन् । आश्रमलाई सहयोग गरिएको खाद्यान्नहरुमा चामल ३० बोरा, रिफाइन तेल ६ कार्टुन, दाल २ बोरा, चिउरा १ बोरा, सोयाबिन २ बोरा, टेष्टी बिस्कुट २ कार्टुन तथा फलफूल रहेको छ ।

त्यस्तै, शनिबार नै सोही ग्रुपले धरान छाताचौकमा रहेको अपाङ पुनस्थापना गृहमा रहेका बालबालिका तथा आश्रितहरुका लागि करिब २५ हजार बराबरको खाद्यान्न तथा अन्य सामाग्रीहरु सहयोग गरेका थिए ।
लकडाउनको समयमा कसरी समय कटाउने भन्दै समाजिक सञ्जालमा भित्रिएको प्रविधि टिकटकको माध्यमबाट विभिन्न सामाजिक व्यक्तित्वहरुको सहभागितामा सुरु भएको नेपाली हर्ट ग्रुप नेपालको निर्माण भएको र सो ग्रुुुपको संस्थापक अध्यक्ष मिस्टर रोमियो रहेका छन् भने हाल उनी कोरियामा रहेको हालका अध्यक्ष पराजुलीले जानकारी दिए ।
पराजुलीका अनुसार असहाय तथा अनाथ बलबालिकाहरुको क्षेत्रमा समाजसेवामार्फत् काम गर्ने उद्देश्यले निर्माण भएको सो संस्थाले सुनसरीको धरानमा रहेको धराने टिकटक युजर धराने गीत र अर्का समान्ता कार्कीको विशेष पहलमा आफूहरु सरस्वती बाल आश्रममा आश्रित बालबालिकाहरुलाई सहयोग गर्न पुर्बी नेपालको धरान सहर आइपुगेको बताए । यसअघि उनीहरुको सो ग्रुपले बुटवलको अनाथ आश्रमलाई सहयोग गरिसकेका छन् भने धरानको कार्यक्रम सो ग्रुपको ३० औं कार्यक्रम हो भएको अध्यक्ष पराजुलीले जानकारी दिए ।

प्रकाशित मिति: चैत्र १९ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend