सुनसरीः इटटहरीमा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
आइतबार बिहान ५ः१० बजे इटहरी-१८ स्थित कान्छचोक–चतरा सडक खण्डमा भएको दुर्घटनामा इटहरी १८ बस्ने ६० वर्षीय मेहरुन खातुनको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।
चतरातर्फ विद्यार्थी लिन जाँदै गरेको बेबिलोन बोर्डिङ स्कुल इटहरीको को१क १८६६ नम्बरको बसले ठक्कर दिँदा महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुल बस इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ भने बस चालक आफैं प्रहरी कार्यालय पुगेका थिए । सवारी चालक मोरङ सुन्दरहरैंचा-६ का ३६ वर्षीय प्रेमकुमार सार्कीलाई नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।तीब्र गतिको कारण बस दुर्घटना भएको प्रहरीले जनाएको छ । -अपडेट