Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चट्याङ लागेर एकजनाको मृत्यु

हाम्रो कोशी आवाज
चैत्र २० २०७८, आइतबार
चट्याङ लागेर एकजनाको मृत्यु

ताप्लेजुङ : ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
शनिबार राति परेको चट्याङ लागेर ताप्लेजुङको सिरीजंघा गाउँपालिका-२ आम्वेगुदिनका मुकेश भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
आम्वेगुदिनको लासाटोलका २३ वर्षीय भट्टराईलाई शनिबार राति वर्षासँगै परेको चट्याङ लागेको थियो । चट्याङ लाग्नेबित्तिकै उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पुर्‍याइएकोमा उनलाई स्वास्थ्यकर्मीले मृत घोषित गरेका थिए ।  उनी पालिकास्तरीय भलिबल खेलाडी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: चैत्र २० २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend