Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपाल आउने पर्यटकको संख्या बढ्दै

हाम्रो कोशी आवाज
चैत्र २० २०७८, आइतबार
नेपाल आउने पर्यटकको संख्या बढ्दै

धरानः कोरोना महामारी मत्थर हुँदै गएपछि नेपाल आउने पर्यटकको संख्या बढ्न थालेको छ ।
अध्यायगमन विभागका अनुसार सन् २०२२ सुरु भएपछिको तीन महिना (जनवरी, फेब्रुअरी र मार्च) मा नेपालमा कूल ७८ हजार ७४७ जना पर्यटक भित्रिएका छन् ।
सोही अवधिमा नेपाल आएका ६९ हजार ३२८ जना पर्यटक स्वदेश फर्केको विभागले जनाएको छ । यो तथ्याङ्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रने पर्यटकको मात्र हो । विभागको तथ्याङ्क अनुसार पछिल्लो तीन महिनामा कूल १ लाख ४८ हजार ७५ जना पर्यटकले नेपालमा आवतजावत गरेको देखिन्छ ।
गत मार्च महिनामा मात्र नेपालमा ७६ हजार ४२ जना पर्यटक आवतजावत गरेका थिए । यीमध्ये ४२ हजार ६ जना नेपाल आएका थिए भने ३४ हजार ३६ जना नेपालबाट स्वदेश फर्केका थिए ।
विभागका अनुसार गएको जनवरीमा नेपालमा १६ हजार ९७५ जना पर्यटक भित्रिएका थिए । सोही समयमा १७ हजार ९८४ जना पर्यटक स्वदेश फर्केका थिए । गत फेब्रुअरी महिनामा नेपालमा कूल ३७ हजार ७४ जना पर्यटक आवतजावत गरेका थिए । यीमध्ये नेपाल आउनेको संख्या १९ हजार ७६६ रहेको थियो भने नेपालबाट स्वदेश फर्कनेको संख्या १७ हजार ३०८ रहेको थियो ।

प्रकाशित मिति: चैत्र २० २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend