सुनसरीः सुनसरीका एक युवाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।
मोरङको बुढीगंगा गाउँपालिका-२ टंकीसिनवारीमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक इटहरी-१९ खनारका २२ वर्षीय अनिष कार्कीको उपचारका क्रममा मृत्यु भएको हो ।
आइतबार राति साढे ९ बजे टंकीसिनवारी चोकमा को१७प ७६७२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते बनेका उनलाई उपचारको लागि विराट मेडिकल कलेज गंगाचोक लगिएकोमा उपचारको क्रममा राति पौने १० बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।