Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु

हाम्रो कोशी आवाज
चैत्र २१ २०७८, सोमबार
खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु

भोजपुरः भोजपुरको पौवादुङमा गाँउपालिका–२ स्थितमा खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको छ ।
सोमबार दिउँसो साढे ११ बजे मामली घर पौवादुङमा आई बसेका मोरङको केराबारी गाउँपालिका–७ का गणेश मगरका २ वर्षीय छोरा आशिर मगर खेल्ने क्रममा लडेर खाल्डोको पानीमा डुबेका थिए ।
अचेत अवस्थामा आफन्तले फेला पारी उपचारको लागि स्थानीय स्वास्थ्य चौकी पुरयाउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रकाशित मिति: चैत्र २१ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend