Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

माछा मार्दै गरेका युवालाई तमोर नदीले बगायो

हाम्रो कोशी आवाज
चैत्र २१ २०७८, सोमबार
माछा मार्दै गरेका युवालाई तमोर नदीले बगायो

ताप्लेजुङ: माछा मार्ने क्रममा तमोर नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन्। मिक्वाखोला गाउँपालिका-२ का पर्वत खोक्लिङ नदीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार पर्वत साथीहरूसँग माछा मार्न तमोर नदीमा गएका थिए। नदीले अचानक बगाएपछि उनका साथीहरुले खबर गरेका थिए। घटनाबारे खोज अनुसन्धान र बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
आइतवार राति भएको घटनाबारे सोमवार बिहान मात्र प्रहरीलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईले बताए ।

प्रकाशित मिति: चैत्र २१ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend