उदयपुरः उदयपुरमा एक छात्राको शव फेला परेको छ ।
ट्युसन पढ्न भनेर घरबाट हिँडेकी किशोरी कविता सुनुवार राईको शव मङ्गलबार बिहान फेला परेको हो । बेलका नगरपालिकामा–३ मा १५ वर्षीया किशोरीको शव फेला परेको हो । स्थानीय बासिन्दाले बिहान ७ बजे किशोरीको शव फेला परेको जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो । स्थानीयका अनुसार शव चोटपटक पनि छ ।
बिहान साढे चार बजे ट्युसन पढ्न भनेर घरबाट हिँडेकी ती किशोरीको शव फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक तेजबहादुर दाहाल जानकारी दिए ।
घरभन्दा झन्डै दुई किलोमिटर टाढा खोल्साको किनारमा शव भेटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीयबासीले हत्या गरेको आशंका गरेका छन् । उनी कोशी जनता उच्च माध्यमिक विद्यालयको १० कक्षामा अध्ययनरत् थिइन् । एसइई दिने तयारीमा रहेकी छात्रा बिहानै ट्युसन पढ्न जाने गरेको आफन्तले बताएका छन् । स्थानीयले हत्याको आशंका गर्दै प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले समेत प्रदर्शन गर्दै हत्यारालाई तत्काल पक्राउ गरेर कारवाहीको माग गरेका छन् । प्रहरीले भने घटनाबारे अध्ययन भइरहेको जनाएको छ ।

