केराबारीः मोरङको केराबारी गाउँपालिका ८ स्थितमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मङ्गलबार बिहान पौने ९ बजे को२त ६७०० नम्बरको ट्याक्टरमा ढुङ्गा लोड गरी लैजाने क्रममा ट्याक्टरको अगाडिको भाग उचालिँदा ट्याक्टर चालक केराबारी–१० का १९ वर्षीय पिलिज विक ट्याक्टरको स्ट्रिङले च्यापिइ घाइते बनेका थिए ।
उपचारको लागि स्थानीय सुकुना अस्पताल लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय केराबारीले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।