सुनसरीः सुनसरीको इनरुवा नगरपालिका–६ मधेशास्थित नहरको पानीमा डुबेर एकजना वृद्धको मृत्यु भएको छ ।
मङ्गलबार दिउँसो पौने १२ बजे ६० वर्षीय बिर्खबहादुर निरौला आफ्नै घर छेऊको नहरको पानीमा डुबेको अवस्थामा छिमेकीले फेला पारी तत्काल उपचारको लागि जिल्ला अस्पताल इनरुवा लगेकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीलबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।