Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

महिला सवार मोटरसाइकल दुर्घटनामा

हाम्रो कोशी आवाज
चैत्र २३ २०७८, बुधबार
महिला सवार मोटरसाइकल दुर्घटनामा

बिर्तामोडः झापाको बुद्धशान्ति गाँउपालिका-३ स्थित मेची राजमार्गमा सवारी दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ ।
दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०१–०१३ प ४४९८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–००१ च ७८३८ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा घाइते भएकी मोटरसाइकल पछाडि सवार सोही स्थानकी ३८ वर्षीया शान्त सुब्बाको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक ४२ वर्षीया कविता लिम्बूको सोही अस्पतालमा उपचार भइरहेको छ । पिकअप र चालक पाँचथर हिलिहाङ गाउपालिका-६ का हर्क यावालाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, झापाको हल्दिबारी गाउँपालिका–२ पशुपति चोकमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बुधबार बिहान सवा ७ बजे कञ्चन निर्माण सेवाको बा१ज ७७४७ नम्बरको टिपरबाट गिट्टी अनलोड गर्ने क्रममा टिपरले विद्युतको तारमा छुँदा करेन्ट प्रवाह भई टिपर चालक हल्दीबारी-५ का ४८ वर्षीय विक्रम तामाङ घाइते भएकोमा तत्काल उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा अस्पतालमा पुरयाउनासाथ डाक्टरले मृत घोषणा गरेको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रकाशित मिति: चैत्र २३ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend