Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कविता हत्या प्रकरण: हत्यामा संलग्न सार्वजनिक

हाम्रो कोशी आवाज
चैत्र २३ २०७८, बुधबार
कविता हत्या प्रकरण: हत्यामा संलग्न सार्वजनिक

उदयपुरः प्रहरीले उदयपुरको बेलका नगरपालिका–३ मा मङ्गलबार मृत भेटिएकी १६ वर्षीया किशोरी कविता सुनुवार राईको हत्यामा संलग्नताको आरोप लागेकालाई सार्वजनिक गरेको छ ।
प्रहरीले पत्रकार सम्मेलन गरेर हत्यामा संलग्नताको आरोप लागेका व्यक्तिलाई सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरले हत्यामा संलग्नताको आरोप लागेका व्यक्तिलाई सार्वजनिक गरेको हो । हत्यामा संलग्न भनिएका बेलका-३ बस्ने १९ वर्षीय विनोद ढकाललाई सार्वजनिक गरिएको प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले जानकारी दिए ।
नाबालिकाको समेत घटनामा संलग्नता देखिएकोले उनलाई भने सार्वजनिक नगरेको उनले जानकारी दिए । ‘घटनामा दुईजनाबाहेक अन्यको संलग्नता देखिएको छैन तर पनि घटनाको अनुसन्धानको शुरुवात भएकोले यसै भन्ने अवस्था छैन’, उनले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’ उनले उनीहरुमाथि म्याद थप भई अनुसन्धान भइरहेको जनाएको छ । बालिकाको हकमा ५ दिन र विनोदको हकमा ७ दिनको म्याद थप गरिएको उनले जानकारी दिए ।
गत मङ्गलबार नै ती सार्वजनिक गरिएका युवासहित १७ वर्षीया सरिता ढकाल (खत्री) लाई प्रहरीले पक्राउ गरेको थियो । सुनुवारको शब मंगलबार स्थानीय यशोदा खोलामा विभत्स रूपमा हत्या गरिएको अवस्थामा फेला परेको थियो ।
प्रहरीका अनुसार बियरको बोतल र ढुङ्गाले हिर्काएर उनको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कवितालाई बियरको बोतल र ढुङ्गा प्रहार गरी हत्या गरेको उनीहरुल स्वीकार गरेको उनले बताए । प्रहरीले घटनास्थलबाट बियरका बोतल र रगत लागेको ढुंगा बरामद भएको जनाएको छ ।
यशोदा खोला पुगेपछि बिनोदले लुकाएर लगेको बियरको बोतल झिकी कविताको टाउकोमा पछाडिबाट प्रहार गरेको खुल्न आएको प्रहरीले जनाएको छ । टाउकोमा हानेपछि कविता ढलेपछि ढुंगाले किच्याएर हत्या गरेको र घिसार्दै लगेर खोला छेउमा रहेको काठको गोलिया छेउमा शव राखेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । ‘बाँसघारीमा विनोदले लुकाएर ल्याएको बियरको बोतलले कवितालाई पछाडिबाट हिर्काएर ढालेको बयान दिएका छन्’, प्रहरीले भनेको छ, ‘ढलिसकेपछि दुवैजनाले कवितालाई ४० मिटर पर दक्षिणतर्फ घिसार्दै लगेर यशोदा खोला किनारामा पुनः ढुंगाले हिर्काएर मरेपछि लुकाएको पाइयो ।’
ती नाबालिकाको बयान अनुसार उनीहरुले १० दिनअघि नै कविताको हत्या गर्ने योजना बुनेको खुल्न आएको प्रहरीले जनाएको छ ।
‘कोचिङ’ कक्षाका लागि मंगलबार बिहान घरबाट हिँडेकी कविताको शव विभत्स अवस्थामा फेला परेको थियो । सुनुवारको हत्यामा संलग्नलाई सार्वजनिक गर्नुपर्ने माग गर्दै यसअघि विद्यार्थी र स्थानीयबासीले प्रदर्शन गरेका थिए । उनीहरुले मदन भण्डारी लोकमार्ग पनि अवरुद्ध गरेका छन् । उनीहरूले रामपुर, लालबजार, बुद्ध चोकमा प्रदर्शन गरेका थिए । उनीहरूले घटनामा संलग्नलाई सार्वजनिक नगरेसम्म शव जिम्मा नलिने समेत अडान लिँदै आएका थिए ।

प्रकाशित मिति: चैत्र २३ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend