Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बराहद्वारा पत्रकार सम्मेलन

हाम्रो कोशी आवाज
चैत्र २४ २०७८, बिहिबार
धरानमा बराहद्वारा पत्रकार सम्मेलन

धरानः धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक, बराह ग्रुपका सञ्चालकले पत्रकार सम्मेलन आयोजना गरेका छन् ।
पत्रकार सम्मेलनमा बराह बचतले वैशाख १५ गतेदेखि निक्षेप वर्गीकरणका आधारमा भुक्तानी दिने जानकारी दिइयो । ज्येष्ठ नागरिक, स्वास्थ्य उपचार, शिक्षालगायत फरक क्षमता भएका व्यक्तिहरुलाई प्राथमिकता दिँदै वैशाख १५ गतेदेखि रकम भुक्तानी दिइने सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्माले जानकारी दिए । ‘आम शेयर समस्य, बचतकर्तालाई विभिन्न प्रयत्न, प्राविधिक असहजता भई तोकिएको समयमा भुक्तानी गर्न सकेनौं, यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं’, उनले भने, ‘तर अब वैशाख १५ गतेदेखि वर्गीकरणका आधारमा भुक्तानी दिने कार्यको थालनी गर्नेछौं ।’
उनले ठूला लगानीकर्तालाई पनि ढिलोचाँडो रकम भुक्तान गरिने र उनीहरुलाई केही समय पर्खिदिन आग्रह गर्ने बताए । ‘अहिले ठूला लगानीकर्तालाई रकम दिन सकिँदैन’, उनले भने, ‘उहाँहरुलाई पनि ढिलोचाँडो दिन्छौं, केही समय पर्खिदिनुहोस् ।’

सहकारीमा जम्मा गर्न नआउने तर एकैपटक भुक्तानी लिन मात्रै आउने सेवाग्राहीहरुको कारणले आफूहरु समस्यामा परेको र ‘म्यानेज’ गर्न नसकिएको उनको स्पष्टोक्ति थियो । ‘हामीलाई पनि कोरोना कहरपछि देखिएको वित्तीय असन्तुलन, तरलता अभाव आदिले पनि धेरै असर गरयो, यसकारण माग्न आउने सेवाग्राहीलाई त्यतिबेलै पनि धेरै रकम दिन सकिएन, बराहले रकम दिन छाड्यो भनेर एक किसिमको हल्ला एकपछि अर्को फैलिँदै जाँदा भुक्तानी माग्न आउनेको लर्को लाग्यो, हामीलाई त्यतिबेलैदेखि म्यानेज गर्न गाह्रो भएको हो र अहिले पनि भइरहेको छ ।’ उनले भने ।
बराह ग्रुपका सञ्चालक शिव लामिछानेले जसरी भएपनि बराह बचत डुब्दैछ भन्ने हल्ला भएपछि पैसा माग्नेको लर्को लागेपछि समस्या भएको बताए । उनले अहिले पनि बराहले हिम्मतका साथ नै अघि बढिरहेको बताए । उनले हतोत्साहित नभई बसिदिन र केही समय पर्खिदिन आग्रह गरे । उनले ऋणको भाका नाघेर असुल गर्ने प्रक्रिया थालिएको बताउँदै शेयर सदस्य, बचतकर्ताहरुको विश्वासलाई टुट्न नदिन ऋण असुलेर साथै कम्पनी नै लागेर भएपनि चुक्ता गरिछाड्ने बताए । ‘ढिलोचाँडो हामी रकम फिर्ता दिन्छौं, बराह बचत मात्रै एक्लै छैन’, उनले भने, ‘बराह ग्रुप छ, कम्पनी नै लागेर भएपनि रकम फिर्ता दिने विश्वास दिलाउन चाहन्छु, सबै शेयर सदस्य, बचतकर्ता, लगानीकर्तालाई ढुक्क हुन आग्रह गर्दछु ।’
चैत २२ गते रकम दिने भनेर माग्नेको लर्को लागेको बताउँदै उनले त्यतिबेला पनि प्रयास गर्दागर्दै दिन नसकिएको बताए । ‘चैत २२ गते भुक्तानी माग्द धेरैजना आइपुग्नुभएको थियो, हामी पनि ‘प्रोसेस’ मा थियौं त्यो ‘प्रोसेस’ पूरा नभएकोले नै हामीले पनि भुक्तान दिन नसकेकै हौं ।’

प्रकाशित मिति: चैत्र २४ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend