विराटनगरः मोरङमा पिकअप भ्यानको ठक्करले एकजनाको मृत्यु भएको छ ।
उर्लाबारी–४ आइतबारेमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१च ६३९९ नम्बरको पिकअप भ्यानले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को३२प ६९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
चालक दमक–३ बस्ने वर्ष अ २८ को राजन धिमाल शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते बनेका थिए । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । भ्यान चालक उर्लाबारी–४ बस्ने वर्ष २१ को दीपेन्द्र बोहोरा इलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रण रहेको प्रहरीले जनाएको छ ।